विदेशी लगानीकर्ताले नेपालको ऊर्जा क्षेत्रमा ९ खर्ब ३४ अर्ब रूपैयाँ लगानी गर्न लगानी बोर्डबाट स्वीकृति लिएका छन्।
बोर्डले १२ वर्षको अवधिमा विभिन्न २८ वटा जलविद्युत, सौर्यलगायत ऊर्जासम्बन्धी आयोजनामा लगानीका लागि स्वीकृति दिएको हो।
लगानी बोर्डले ६ अर्बभन्दा बढी लागत लाग्ने आयोजनाको हकमा विदेशी लगानी स्वीकृत गर्दै आएको छ। त्योभन्दा कम लागतका आयोजनाको विदेशी लगानी उद्योग विभागले स्वीकृत गर्छ।



