काठमाडौं । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ ।
नेपाल प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित २९ वर्षीय सियुआई विङक्यान नाम गरेका चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।



