अर्थमन्त्रीद्वारा संसद्‌मा पेश वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश के हो ?


  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीद्वारा संसद्‌मा पेश वित्तीय उत्तरदायित्व ऐन संशोधन अध्यादेश के हो ?

काठमाडौं । आज दिउँसो ४ बजेदेखि शुरू भएको संघीय संसद्‌को तेस्रो अधिवेशनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पारित गर्न पेश गरेका छन्‌ ।

बजेट क्यालेन्डर नै फेर्नेगरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ मा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गरेका थिए । सोही अध्यादेश संसद्‌बाट पारित गराउन अर्थमन्त्रीले संसद्‌मा टेबल गरेका हुन्‌ ।

सरकारले संसद्‌को अधिवेशन सकिएपछि ल्याएको यो अध्यादेशबारे फाट्टफुट्ट खबरहरू आए पनि वास्तवमा यो अध्यादेश कस्तो हो ? यो किन महत्वपूर्ण छ र सरकारले किन ल्यायो भन्नेबारे आम नागरिकलाई जानकारी नहुन सक्छ ।

Read More