पुँजीकोषको विरोधाभास : बैंकमा निक्षेपको थुप्रो छ तर ऋण दिने क्षमता छैन


  • Himalayan Bank Limited (HBL)
पुँजीकोषको विरोधाभास : बैंकमा निक्षेपको थुप्रो छ तर ऋण दिने क्षमता छैन

२२ माघ, काठमाडौं । बैंकको व्यवसाय नै कर्जा दिएर ब्याज आम्दानी गर्नु हो । तर, नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरु पैसा भएर पनि कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

बैंकले मूलतः निक्षेप लिएर कर्जा प्रवाह गर्ने हो । तर, उनीहरुले दिने सम्पूर्ण रकम निक्षेपबाट मात्रै प्रयोग गर्न सक्दैनन् । बैंकले कर्जा प्रवाह त्यसमा हुने जोखिमका आधारमा जोखिम भार तोकिएको हुन्छ, त्यसको ९ प्रतिशत हिस्सा पुँजीबाट बेहोर्नुपर्छ । त्यस्तो रकमलाई पुँजीकोष भनिन्छ । शतप्रतिशत जोखिम भार भएको कर्जा प्रवाह गर्दा ९ प्रतिशत पुँजीकोष कायम गर्नुपर्छ । केही बैंकहरुको पुँजीकोष ९ प्रतिशतभन्दा कम भएर उनीहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थमा पुगेका हुन् ।

Read More