बन्द भएका र रुग्ण सरकारी उद्योग चलाउने तयारी


  • Himalayan Bank Limited (HBL)
बन्द भएका र रुग्ण सरकारी उद्योग चलाउने तयारी

काठमाडौं । समाजवादउन्मुख संविधान निर्माण भएदेखि नै आलोचित भएको सरकारले अन्ततः समाजवादी सिद्धान्तअनुरूप सरकारको लगानीमा उद्योगहरू सञ्चालन गर्ने तयारी थालेको छ ।

नेपालको संविधानले समाजवादउन्मुख व्यवस्था भन्ने अनि व्यवहारमा खुला प्रतिस्पर्धी अर्थतन्त्रलाई अँगालिराखेका कारण सरकार आलोचित हुँदै आएको छ । खुला अर्थतन्त्रमा सरकारले लगानी नगरीकन निजी क्षेत्रलाई उद्योग चलाउन प्रोत्साहन गर्ने अनि समाजवादी व्यवस्थामा सरकारले नै उद्योगधन्दा चलाउने मान्यता रहेको छ ।

कम्युनिस्टको सरकार भए तापनि खुला अर्थतन्त्र अँगालिराखेको र सरकारी उद्योगलाई धरासायी बनाउँदै लगेको आरोप खेप्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी लगानीका उद्योग चलाउने र रुग्ण उद्योग चलायमान बनाउने अठोटका साथ अगाडि बढेका छन् ।

Read More