सिभिल सहकारीका आरोपितहरुको सम्पत्ति जफत हुने, जफत सम्पत्ति पीडित बचतकर्ताहरुले पाउने


  • Himalayan Bank Limited (HBL)
सिभिल सहकारीका आरोपितहरुको सम्पत्ति जफत हुने, जफत सम्पत्ति पीडित बचतकर्ताहरुले पाउने

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सिभिल सहकारीको बचत रकम अपचलन गरेका इच्छाराज तामाङल लगायत आरोपितहरुको सम्पत्ति जफत हुने भएको छ । विशेष अदालतको फैसला बमोजिम आरोपितहरुको सम्पत्ति जफत हुने भएको हो ।

आरोपितहरुको उक्त जफत सम्पत्ति सहकारीका पीडित बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग हुने भएको छ ।

बचतकर्ताहरुको रकम सिभिल सहकारी तथा इच्छाराज तामाङ समूहरुले ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेकै अवस्थामा विशेष अदालतले इच्छाराज लगायतका समूहलाई दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो तिराउने आदेश गरेको छ ।

Read More