२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, अवको २ महिनामा मध्येभोटेकोशीको बिजुली जोडिने


  • Himalayan Bank Limited (HBL)
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा, अवको २ महिनामा मध्येभोटेकोशीको बिजुली जोडिने

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । 

सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।

Read More