'अहिले उद्योग व्यवसायको लागि कर्जाको माग गर्नेको संख्या अत्यन्त न्यून छ। अलि अलि आएको कर्जाको माग पनि घरजग्गा धितो राखेर व्यक्तिगत खर्चको जोहोको लागि हो। यस्तै अवस्था हो भने बैकहरुले कुनै दिन सर्वसाधारणबाट निक्षेप लिन बन्द गर्नुपर्छ' यो एक कमर्शियल बैंकका उच्च तहमा कार्यरत कर्जा विभागका हाकिमको भनाई हो।
'मलाई ५० करोड कर्जा चाहियो भन्ने थाहा भयो भने अहिलेनै चार-पांचवटा बैंक कर्जा लिइदिनुपर्यो भनेर दौडेर आउछन्, तर मलाई उद्योग व्यवसायको लागि कर्जा लिनु नै छैन। भएकै व्यवसाय त् ३०-४० प्रतिशतको क्षमतामा चलेको छ, यो बेला कर्जा लिएर बेकारको आर्थिक भार कसले किन ब्यहोर्छ ?' यो नेपालका एक नामी उद्योगी व्यवसायीको भनाई हो।


