अव्यवहारिक करहरुको खारेजीको माग गर्दै आज सोमबार एक दिन मुलुकभरका फिल्म हलहरु बन्द हुने भएका छन् ।
नेपाल चलचित्र संघको आह्वानमा विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै सांकेतिक रुपमा एक दिन हल बन्द गर्न लागिएको हो । संघद्वारा जारी प्रेस विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पश्चात् नेपाली चलचित्र क्षेत्र धराशायी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको जनाइएको छ ।



