संसद्‌को प्रि-बजेट अधिवेशन आजदेखि


  • Himalayan Bank Limited (HBL)
संसद्‌को प्रि-बजेट अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्‌को तेस्रो अधिवेशन आज (सोमबार) देखि शुरु हुँदैछ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनमार्फत बजेट क्यालेन्डर संशोधन गरिरहेकाले यस वर्ष पूर्वबजेट छलफल पनि यही अधिवेशनदेखि शुरु हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले माघ १० गते नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा माघ २२ गते दिउँसो ४ बजे बस्नेगरी सदनको अधिवेशन आह्वान गरेका थिए । 

आजदेखि शुरु हुने संसद्‌ अधिवेशनबाट संसद्‌ सचिवालयमा विचाराधीन कम्तिमा २१ विधेयक पारित गर्नुपर्नेछ । हाल प्रतिनिधि सभामा १८ र राष्ट्रिय सभामा ३ विधेयक विचाराधीन छन्‌ ।

Read More