पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी


  • Himalayan Bank Limited (HBL)
पर्वतका तीन सहकारीद्वारा सर्वसाधारणको ५० करोड ठगी

बागलुङ — लक्ष्मीदेवी शर्माको पर्वत सदरमुकाम कुश्मा बजारमा किराना र फलफूल पसल थियो । दुःख गरेर कमाएको पैसाले यहाँको ग्रामीण कृषि सहकारी संस्थामा १ लाख रुपैयाँको सेयर किनिन् । दैनिक बचत गरेर उनले मुद्धति खातामा २३ लाख जम्मा गरेकी थिइन् ।

डेढ वर्षअघि उनलाई रकमको आवश्यकता पर्‍यो । त्यसपछि सहकारीमा रकम फिर्ताका लागि जाँदा सञ्चालक र कर्मचारीले तरलता अभाव देखाएर पटक–पटक समय सीमा सार्दै लगे ।

अध्यक्ष लेखनाथ शर्मा, पूर्वअध्यक्ष राजु शर्मा, सल्लाहकार शालिग्राम पौडेललगायतले पनि आलटाल गरिरहे । त्यसपछि शर्मालाई सहकारीप्रति शंका लाग्न थाल्यो । उनले छिमेकीलाई गुहारिन् । प्रहरीमा उजुरी गरिन् । सुरुवातमा त यो विषयलाई प्रहरीले समेत बेवास्ता गर्‍यो । जब यस्तै समस्या भएका झण्डै ६० जना जम्मा भए । उनीहरू नियमित सहकारी धाउँथे । उनीहरूको मात्रै झण्डै १० करोड रुपैयाँ हिनामिना भएको पत्ता लाग्यो । दैनिक प्रहरी–प्रशासन, नगरपालिका धाउँदा हैरानी खेपेपछि शर्माको परिवार कुश्मा छाडेर पोखरा सरेको छ । शर्माको पसल अहिले बन्द भयो ।

Read More