काठमाडौं : सन् २०२३ मा सुनको माग इतिहासकै उच्च विन्दुमा पुगेको ‘वर्ल्ड गोल्ड काउन्सिल’ को रिपोर्टले देखाएको छ । लगातारको भूराजनीतिक तनाव र चीनको अर्थतन्त्रमा देखिएको कमजोरीका कारण लगानीकर्ताहरु सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सन् २०२३ मा विश्वभर सुनको माग रेकर्ड उचाइमा पुगेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२३ मा विश्वभर कुल ४ हजार ८९९ टन सुनको कारोबार भएको थियो । जुन सन् २०२२ मा ४ हजार ७४१ टन रहेको थियो । गत वर्ष सुनको मागमा वृद्धि गर्ने सबैभन्दा ठूलो कारक रुस–युक्रेन युद्ध र इजरायल–हमास द्वन्द्वका साथै चीनको अर्थतन्त्रमा आएको सुस्तता पनि रहेको काउन्सिलमा प्रतिनिधित्व गर्ने केन्द्रीय बैंकहरुका प्रमुख साओकाई फ्यानलाई उद्धृत गर्दै सीएनबीसीले लेखेको छ ।



