सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले

पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको पाइएको छ। 

लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

‘हामीले माननीय रवि लामिछानेज्यूसहित ८० जनाविरूद्ध जाहेरी दिन गएका थियौं, प्रहरीले जाहेरी नै मिलेन भनेर फर्काइदियो,’ उनले भने ।

Read More