नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले व्यावसायिक किवी खेती आर्थिक रुपले लाभदायी र राम्रो सम्भावना भएको क्षेत्रको रुपमा रहेको निष्कर्ष निकालेको छ। राष्ट्र बैंकले कोशी प्रदेशमा गरेको अध्ययनले सो प्रदेशमा किवी खेती आर्थिक रुपले लाभदायी रहेको देखाएको हो ।
अध्ययन प्रतिवेदन अनुसार कोशीमा किवीफल व्यवसाय आर्थिक रुपले लाभदायक र सम्भाव्य रहेको देखिन्छ । यस प्रदेशमा उत्पादित किवीको प्रति के.जी. औसत आम्दानी रु.१३१ रुपँैया र प्रति के.जी. औसत मुनाफा रु.९६.९ रहेको छ । त्यसैगरी, यस व्यवसायमा लगानी भुक्तानी अवधि २.३ वर्ष र लाभ लागत अनुपात २.१ः१ रहेको छ भने प्रति किसान पारबिन्दु बिक्री (Break Even Sales Volume) ५५०.४२ के.जी. रहेको छ ।


