फेसबुक चलाइरहेकी नाबालिग बिना (परिवर्तित नाम) लाई एक जना पुरूषको फ्रेन्ड रिक्वेस्ट आयो।
त्यसदिन ‘मगर सारू’ नामको आइडीबाट रिक्वेस्ट आएको थियो।
फेसबुकमा रिक्वेस्ट आउनु कुनै नौलो कुरा थिएन। बिनाले सारूलाई चिनेकी थिइनन्। तैपनि उनले रिक्वेस्टलाई स्वीकार गरी आफ्नो फेसबुक दुनियाँमा स्वागत गरिन्।
साथी बनाएको केहीबेरमा सारूले फेसबुकमा मेसेज गर्न थाले। कुरा गर्न आएपछि बिनालाई अलि असहज महसुस भयो। सुरूमा नबोले पनि बिनाले पछि उनीसँग कुरा गरिन्। बिनाले रूची नदेखाई कुराकानी सुरू गरेकी थिइन्। तर पछि सारूले उनलाई दिनदिनै मेसेज गर्न थाले।


