सर्लाही, माघ २१ गते । सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ ।
प्रायः बेलैमा भुक्तानी दिएर अरू चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् ।
इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले किसान महासङ्घसँग ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो ।



