आलुको माग बढी, घट्यो उत्पादन


  • Himalayan Bank Limited (HBL)
आलुको माग बढी, घट्यो उत्पादन

जोमसोम : हिमाली क्षेत्रको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलुलाई उपभोक्ताले निकै मन पराउँछन्। उसिनेर होस् या तरकारीमा मिसाएर खान मुस्ताङी आलुको माग बढी छ। तराई र पहाडी क्षेत्रमा उत्पादन हुने आलुभन्दा यस क्षेत्रमा उत्पादन हुने आलुप्रति सहरिया उपभोक्ताको रुचि बढी छ।

मुस्ताङका स्याउ खेती जस्तै प्रमुख बालीको रूपमा रहेको परम्परागत आलु खेती यहाँका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ। मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीको रूपमा आलु खेती गर्दै आइरहेका छन्। उनीहरूले स्याउ र आलु गरी दोहोरो आम्दानी लिइरहेका छन्। यद्यपि मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीका रूपमा उवा, फापर, जौ र तरकारी खेती पनि गर्छन्। 

Read More