‘स्टार्टअप’ उद्यम कर्जाको लागि प्रस्ताव आह्‍वान


  • Himalayan Bank Limited (HBL)
‘स्टार्टअप’ उद्यम कर्जाको लागि प्रस्ताव आह्‍वान

काठमाडौँ — सरकारले ‘र्स्टाटअप’ उद्यम कर्जाको लागि प्रस्ताव माग गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले शुक्रबार जारी गरेको सूचनाअनुसार २१ दिनभित्र सहुलियतपूर्ण कर्जाकाे लागि प्रस्ताव पठाइसक्नु पर्नेछ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ११ मा स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको थियो । कार्यविधि स्वीकृत गरेसँगै प्रतिष्ठानले ‘स्टार्टअप’ उद्यम कर्जाका लागि प्रस्ताव आहृवान गरेको हो । सरकारले स्टार्टअपका लागि चालु आर्थिक वर्ष २५ करोड रुपैयाँ बजेट छुट्याएको छ। सरकारले ३ प्रतिशत ब्याजदरमा परियोजना धितो राखेर अधिकतम २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

Read More