मेटाको आम्दानी १ जना प्रयोगकर्ता बराबर १३.१२ डलर, इतिहासमै पहिलो पटक लाभांश घोषणा हुँदा जकरबर्गले ७० करोड डलर पाउने


  • Himalayan Bank Limited (HBL)
मेटाको आम्दानी १ जना प्रयोगकर्ता बराबर १३.१२ डलर, इतिहासमै पहिलो पटक लाभांश घोषणा हुँदा जकरबर्गले ७० करोड डलर पाउने

काठमाडौं : फेसबुकको माउ कम्पनी मेटाले बिहीबार चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले आफ्नो इतिहासमै पहिलो पटक लाभांश पनि घोषणा गरेको छ । मेटाको आम्दानी एक वर्षको अवधिमा २५% ले बढेर ४० अर्ब डलर पुगेको सीएनबीसीले उल्लेख गरेको छ ।

यता, कम्पनीको खर्च गत वर्षको तुलनामा ८% ले घटेर २३.७३ अर्ब डलरमा झरेको छ । समग्रमा कम्पनीको नाफा १४ अर्ब डलर रहेको छ भने प्रतिसेयर आम्दानी ५.३३ डलर रहेको छ । मेटका दैनिक सक्रिय प्रयोगकर्ता (एक्टिभ युजर्स) को संख्या २.११ अर्ब र मासिक एक्टिभ युजर्स ३.०७ अर्ब रहेका छन् । मेटाको आम्दानी १ जना प्रयोगकर्ता बराबर औसतमा १३.१२ डलर देखिएको छ ।

Read More