१९ माघ, काठमाडौं । सबै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेकाले यतिबेला लगानीकर्ताले ती विवरण केलाएर लगानी गर्न उपयुक्त योजना बनाउन सक्छन् ।
तरलताको सहज स्थिति, घट्दो ब्याजदर जस्ता सैद्धान्तिक पक्षले पनि सेयर बजारका लागि अनुकूल साथ दिएको छ । यतिबेला सेयर बजारमा ५ सयभन्दा मुनि र ४ सयभन्दा माथि मूल्य भएका दुइटा मात्रै वाणिज्य बैंक छन् । ती हुन्– नबिल र एनआईसी एसिया ।





