कोरोना बीमा गराएका मध्ये १ लाख भन्दा धेरै बिमितले अझै भने कोरोना बीमाको दाबी भुक्तानी पाएका छैनन्। सरकारले कोरोना बीमा वापत ९ अर्ब ७२ करोड रुपैयाँ भन्दा बढी भुक्तानी दिन बाँकी छ। यो ३ वर्ष अघि नै दिनुपर्ने रकम हो ।
नेपालमा कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले गरे जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।


