उद्योग क्षेत्रको ऋणको ब्याजदर एक अङ्कमा झार्न सुझाव


  • Himalayan Bank Limited (HBL)
उद्योग क्षेत्रको ऋणको ब्याजदर एक अङ्कमा झार्न सुझाव

बुटवल, माघ १९ गते । रुपन्देहीका उद्योगी व्यवसायीले उद्योग क्षेत्रमा गरिने ऋण लगानीको ब्याजदर एक अङ्कमा झार्नुपर्ने सुझाव दिएका छन् । 

उद्योगमा गरिने लगानीको ब्याजदर बेसरेटका आधारमा कायम गर्नुपर्ने र उद्योगीले एलसी खोल्दा राख्नुपर्ने १० प्रतिशतसम्म मार्जिन नगद रकम बिनाब्याज बैङ्कमा राख्नुपर्ने व्यवस्था अन्यायपूर्ण रहेकाले त्यो नियम हटाउनुपर्ने मागसमेत गरेका छन् । 

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उद्योग क्षेत्र सुधारका लागि नेपाल उद्योग परिसङ्घले जिल्लाका उद्योगीसँग पहिलो पटक सुझाव माग गरेपछि रुपन्देहीका उद्योगीले ती सुझाव दिएका हुन् । 

Read More