१८ माघ, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ । पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो ।



