काठमाडौं । भारतले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्मा अन्तरिम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख गरेकी हुन् ।
यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३/२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अर्थात ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु अर्थात १० अर्ब ४३ करोड नेपाली रुपैयाँ पुर्याइएको हो ।
कुन देशलाई कति आर्थिक सहयोग ?
बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ ।



