सरकारले अन्तरिम बजेट सार्वजनिक गरेको दिन भारतको शेयर बजार ओरालो लागेको छ । भारतीय शेयर बजारका प्रमुख बेन्चमार्क परिसूचक कारोबारका क्रममा उतारचढावपछि रातो अंकमा बन्द भएका छन् ।
आज सेन्सेक्स १०६.८१ अंकले गिरावट हुँदा ७१,६४५.३० विन्दुमा झरेको छ। अर्कोतर्फ, निफ्टी पनि २८.२५ अंकले घटेर २१,६९७.४५ विन्दुमा बन्द भएकोे छ।
शेयर बजारमध्ये टप सेलिङमा मिडिया, फार्मा, रियल्टी र हेल्थकेयर क्षेत्र रहेकाे थियाे । अर्कोतर्फ, सरकारी बैंकिङ, एफएमसीजी र अटो सेक्टरमा धेरै किनबेच देखिएको छ ।
पेटीएमको शेयर झण्डै २० प्रतिशतले घट्यो
सेन्सेक्सका ३० वटा स्टकमध्ये ९ वटामा वृद्धि देखिएकाे छ भने २१ वटामा गिरावट देखिएकाे छ ।आरबीआईको कारबाही पछि, पेटिएमको शेयर आज करिब २० प्रतिशतले घट्यो । भारतीय रिजर्व बैंक (आरबीआई) ले बिहीबार पेटीएमको बैंकिङ शाखा पेटीएम पेमेन्ट्स बैंक (पीपीबीएल)लाई तत्काल नयाँ ग्राहकहरू थप्न प्रतिबन्ध लगाएको छ।





