सिउरी न्यादी पावरले आईपीओ निष्कासन गर्ने, आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिउरी न्यादी पावरले आईपीओ निष्कासन गर्ने, आवश्यक कामको जिम्मेवारी सञ्चालक समितिलाई

काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते बार्षिक साधारण सभा बोलाएको छ । माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । उल्लेखित प्रस्तावसहित कम्पनीको ठेगाना परिवर्तन र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय समेत टङ्ग्याउनेछ ।

Read More