१८ माघ, काठमाडौं । ‘बुक बिल्डिङ’ विधिबाट नेपालमै पहिलोपल्ट सर्वोत्तम सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ भने आयोजना प्रभावित स्थानीयबाट आवेदन लिइरहेको छ ।
कुल जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो ।



