टाइगर प्यालेसले बुझायो साढे ५१ करोड बक्यौता, दुई साताभित्र क्यासिनो चलाउने


  • Himalayan Bank Limited (HBL)
टाइगर प्यालेसले बुझायो साढे ५१ करोड बक्यौता, दुई साताभित्र क्यासिनो चलाउने

टाइगर प्यालेसको नयाँ व्यवस्थापनले क्यासिनोको साढे ५१ करोड रूपैयाँ बक्यौता बुझाएको छ। 

बक्यौता बुझाएसँगै टाइगर प्यालेसले क्यासिनो सञ्चालनको अनुमति पाएको कम्पनीका अध्यक्ष बुद्धि सागर सुवेदीले बताए।

उनका अनुसार दुई साताभित्र क्यासिनो सञ्चालन हुनेछ। 'फेब्रुअरी १४ बाट क्यासिनो चलाउने हाम्रो तयारी छ,' उनले सेतोपाटीसँग भने, 'क्यासिनो पुरानै कम्पनी चलाउने कि नयाँले चलाउने भन्नेबारे छलफल भइरहेको छ।'

क्यासिनो सञ्चालनमा आएपछि थप पाँच सय जनाले रोजगारी पाउने उनले बताए। 

Read More