कृषिमा अत्यावश्यक लागत तथ्यांक


  • Himalayan Bank Limited (HBL)
कृषिमा अत्यावश्यक लागत तथ्यांक

कृषि प्रधान देशमा राष्ट्रिय अर्थतन्त्रको विकास तथा सुदृढीकरण गर्न कृषि क्षेत्रकै सर्वाधिक महत्त्व रहन्छ। तसर्थ कृषि क्रियाकलापसम्बन्धी तथ्यांकमा विशेष ध्यान पुर्‍याउनु अति जरुरी छ। नेपालको सन्दर्भमा कृषि क्षेत्रले राष्ट्रिय आयको करिब एक चौथाई हिस्सा ओगटेको छ। यहाँ कृषिको समयानुकूल विकास तथा आधुनिकीकरण नगरी आर्थिक समृद्धि हासिल गर्न कठिन हुन्छ। जसकारण कृषि नीति तथा योजना पनि तदनुरूप वस्तुपरक हुन आवश्यक छ। जसका लागि विभिन्न प्रकारका तथ्यांकको आवश्यकता पर्दछ। खासगरी संरचनात्मक र चालु प्रकृतिका गरी दुई किसिमका तथ्यांक प्रयोगमा आउँछन्। संरचनात्मक तथ्यांक लामो अवधिमा मात्र परिवर्तन हुन्छन्। चालु प्रकृतिका तथ्यांक सालबसाली परिवर्तनशील हुन्छन्। 

साबिक केन्द्रीय तथ्यांक विभागले २०१८ सालदेखि प्रत्येक १० वर्षमा कृषिगणना सञ्चालन गरी संरचनात्मक तथ्यांक उपलब्ध गराउँदै आइरहेको छ। सातौं कृषि गणना २०७८ हालसालै सम्पन्न भएको छ। जसअनुसार करिब ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न छन्। १० वर्ष वा सोभन्दा माथिको आर्थिक रूपले सक्रिय जनसंख्या कृषि, वन तथा मत्स्य क्रियाकलापको क्षेत्रमा ५७.३ प्रतिशत संलग्न रहेको देखिन्छ। यसकारण पनि नेपालमा आर्थिक उन्नतिका लागि कृषि महत्त्वपूर्ण क्षेत्र हो भन्न सकिन्छ। रोजगारी सिर्जना, कृषि पर्यटन प्रवर्धन, बिदेसिएका युवालाई फिर्ता गर्न वा बिदेसिने सोच बनाएका जनशक्तिलाई स्वदेशमै रोक्न सबैभन्दा बढी सम्भावना यसले बोकेको छ। 

Read More