आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइपीओ नै जारी नगर्दै संस्थापक शेयर बिक्री गरिँदै, मुलुकको प्रतिष्ठित समूहले गलत बाटो किन रोज्यो ?

नेपाल धितोपत्र बोर्डले ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’को बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई अनुरोध गर्‍यो।

  • बोर्डको अनुरोधमा केन्द्रीय बैंकले उक्त कम्पनीको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दियो। उक्त कम्पनी दीपेन्द्र अग्रवालले सञ्चालन गरिरहेका थिए। उनले फेसबुक, युट्युब, भाइवरलगायत विभिन्न सामाजिक सञ्जालमा संस्थापक शेयर धनी बन्नका लागि आह्वान गरेका थिए। कम्पनी स्थापना भएको ५ वर्षमा विभिन्न क्षेत्रका ५० वटा कम्पनी सञ्चालन गरिनुका साथै कम्पनीमा अहिले गरिएको १० लाख रुपैयाँ आउने १० वर्षमा १० करोड रुपैयाँ हाराहारी हुने उनको दाबी थियो। सोही कारण उनको खाता रोक्का गर्न बोर्डले केन्द्रीय बैक गुहारेको थियो।
  • धितोपत्र बोर्डले सोही समयमा डा. केशव श्रेष्ठले सञ्चालन गरेको लक्ष्य होल्डिङ कम्पनीको बैंक खाता रोकेको थियो। श्रेष्ठले १० हजार शेयरधनीबाट पैसा उठाएर कम्पनी खोल्ने र उक्त कम्पनीले आउने दिनमा धेरै ठुलो लाभ दिने कुरा सामाजिक सञ्जाल मार्फत फैलाइरहेका थिए। सोही कारण उनको पनि खाता रोक्का गरिएको थियो।

सुवास निरौला

कुनै पनि कम्पनीले सार्वजनिक निष्काशन गर्नु पूर्व प्रचार प्रसार गरेर आम सर्वसाधारणबाट पैसा उठाउन पाउँदैन। धितोपत्र ऐनमा ५० जनाभन्दा बढी व्यक्तिसँग रकम सङ्कलन गर्नु परेमा नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भनेको छ। सोही कारण बोर्डले उनीहरूको खाता रोक्का गरेको हो।

बोर्डले खाता रोक्का गरेका माथिका उदाहरणले पनि कुनै पनि कम्पनीले संस्थापक खोज्न विज्ञापन गर्न पाउँदैनन्। तर अहिले भने त्यस्ता केही मानिसहरूले सोही बाटो अख्तियार गरिरहेका छन्। तर धितोपत्र बोर्ड भने मौन छ।

Read More