काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार बढाएको हो ।
आयल निगमले पेट्रोलको मूल्यमा प्रति लिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँले बढाएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६७.५९ रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६९ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १७० रुपैयाँ कायम भएको छ ।



