बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता


  • Himalayan Bank Limited (HBL)
बैंक ग्यारेण्टीको लफडाले सुवास नेम्वाङ्गको परिवार तनावमा,पैसा तिर्नु साटाे धम्काउँदै रास्वपा नेता

एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ग वितेको केही महिना वितिसकेको छ । तर, उनले विसं २०७३ मा नेम्वाङ्गले एक जना व्यवसायीलाई उद्यम गर्न दिएको वैंक ग्यारेण्टीको कारण परिवार यतिबेला तनावमा परेको छ ।

नेम्वाङ्गको घर जग्गाधितो राखेर नेपाल वैंकबाट विसं २०७३ मा १ करोड ५० लाख रुपैंया लिएका झापाका रुद्र गिरीले पैसा तिर्नुको साटो ‘राष्ट्रिय स्वतन्त्र पार्टीको नेता हुँ, धेरै कुरा गरे ठेगान लगाइदिन्छु’भन्दै वैंकका अधिकारीहरु र नेम्वाङ्गको परिवारलाई समेत धम्काइरहेका छन् ।

विगतमा एलोभेरा र स्टेभियाबाट करोडौंको आम्दानी हुने भन्दै चितवन लगायत देशका हजारौं किसानलाई ठगी गरेपछि केही वर्ष जेल परेका थिए । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि सो पार्टीमा लागेका गिरी गत आम निर्वाचनमा झापा क्षेत्र नं २ बाट चुनाव लडेका थिए । जहाँ उनले ५ हजार ७३८ मत ल्याएका थिए, सो क्षेत्रबाट हाल सभामुख रहेका एमाले उम्मेद्वार देवराज घिमिरे २८ हजार ७१६ मत ल्याइ विजय भएका थिए । गिरीलाई मत माग्न लामिछाने पनि झापा पुगेका थिए ।

गिरीले ठगी काण्डमा २०७५ मा आफू जेल पर्नु अगाडी नै पाम फुड्स एण्ड वेभरेज टेक्नोलोजी प्राली को लागि पूर्वसभामुख स्व. नेम्वाङको जग्गाधितो राखेर लिएको ऋण असुलीका लागि पटकपटक ताकेतागर्दा पनि कर्जा चुक्ता नभए पछि बैंकले माघ ५ गते धितो लिलामीको सूचना निकालेको छ ।गिरीको कारण आफूहरुको पैत्रिक घर जग्गा नै लिलामी हुने भए पछि नेम्वाङ्ग परिवारले गिरीसँग हिसाब किताब मिलाइदिन अनुरोध गरेको थियो । तर, गिरीले ‘जे सक्छौ गर, मलाई बचाउने रविदाई छन्’ भन्दै उल्टै धम्कि दिने गरेको नेम्वाङ परिवारका सदस्यहरु बताउँछन् । गिरीले कर्जा असुलीको लागि ताकेता गर्ने वैंकका अधिकारीहरुलाई ‘रविको मान्छे हुँ’भन्दै धम्काउने गरेको बताइएको छ ।

Read More