काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्था सुध्रिँदै गएको, अर्थतन्त्र चलायमान हुन थालेको जस्ता प्रचार गर्दै डंका पिटिरहेको बेला आर्थिक मन्दी तल्लो तहसम्म पुगेको दर्साउने एउटा रिपोर्ट सार्वजनिक भएको छ । आफ्नो भविष्य बारे सचेत र केही बचत पनि गर्नुपर्छ भन्ने बुझाई रहेको वर्ग र समुदाय नै बरु नोक्सान व्यहोरेर भएपनि ऋण तिर्न बचत खर्च गर्ने निष्कर्षमा पुगेको देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा पोलिसी ‘सरेन्डर’को पछिल्लो तथ्यांकलाई विश्लेषण गर्दा बीमितहरु अब थप प्रिमियम तिर्न नसक्ने र हालसम्म गरेको बचत समेत खर्च गर्ने अवस्थामा पुगेको निचोड निकाल्न सकिने देखिएको हो । त्यसले आर्थिक मन्दीको असर समग्र बीमा क्षेत्रमा पनि देखिएको प्रमाणित गरेको छ ।



