नक्कली बिलमा १० अर्ब बढीको कारोबार, पछ्याउँदै आन्तरिक राजस्व


  • Himalayan Bank Limited (HBL)
नक्कली बिलमा १० अर्ब बढीको कारोबार, पछ्याउँदै आन्तरिक राजस्व

नक्कली भ्याट बिल बनाएर कर छल्ने परिपाटी बढेपछि आन्तरिक राजस्व विभागले सूक्ष्म निगरानी थालेको छ।  नक्कली भ्याट बिल बनाएर कारोबार गर्न नसक्ने गरी प्रणाली सुधार गर्ने र विगतमा कारोबार गर्नेसँग कर उठाउने काममा विभाग लागेको हो।

विगतका वर्षमा भन्दा पनि राजस्व घटेर दबाब बढ्दै गएको अवस्थामा आन्तरिक राजस्व विभागले ठूलो मात्रामा कर छली भएको आशंकामा गत वर्षदेखि अध्ययन सुरू गरेको थियो।

विभागको अनुसन्धानको आधारमा गत असारमा विभागले सम्भावित नक्कली कारोबार र त्यस्ता करदाताको सूची निकालेर आवश्यक कर निर्धारण गर्न करदाताहरूलाई निर्देशन दिएको थियो।

Read More