सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट निष्काशन गरेको आइपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट निष्काशन गरेको आइपीओ गोलाप्रथाबाट सेयर बाँडफाँट

ग्लोबल आइएमई क्यापिटल लि.को निष्काशन तथा बिक्री प्रबन्धकत्व तथा एनआइएमबि एस क्यापिटल लि. र प्रभु क्यापिटल लि. को सह–निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सर्वोत्तम सिमेन्ट लिमिटेडको जारी पूँजी रु.४,६५,००,००,०००।– को १२.९०३३ प्रतिशतले हुन आउने रु.६०,००,००,०००।– बराबर प्रति शेयर अंकित मूल्य रु.१००।– दरको ६०,००,००० कित्ता शेयरको ६० प्रतिशत अर्थात ३६,००,००० कित्ता शेयरमध्ये उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुमा ९,३०,००० कित्ता शेयर छुट्याई बाँकि रहेको २६,७०,००० कित्ता शेयरको १०५ अर्थात २,६७,००० कित्ता शेयरको लागि बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (१) मा  रहेको व्यवस्था अनुसार सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम् शेयर संख्या ५० कित्ता कायम गरी अधिकतममा १०,००० हजार कित्तासम्म आवेदन दिन पाउने गरी प्रति शेयर मूल्य रु.३६०।९० को दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि मिति २०८०/०९/२५ गतेदेखि मिति २०८०/१०/१० गते सम्म सिडिएस एण्ड क्लियरिङ्ग लि.को सि–आस्वा प्रणाली मार्फत निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । 

वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको निमित्त निष्काशन गरिएको २,६७,००० कित्ता शेयरको लागि जम्मा ३३,८२४ वटा आवेदनहरुबाट २१,३९,२२० कित्ता शेयरको लागि जम्मा रु. ७७,२०,४४,४९८।– (अक्षरेपी सतहत्तर करोड बीस लाख चवालीस हजार चार सय अन्ठानब्बे मात्र) बराबरको आवेदन परी आवश्यक भन्दा ८.०१ गुणा बढी आवेदन प्राप्त भएको छ । तोकिएको समयावधिभित्र सि–आस्वा प्रणाली मार्फत प्राप्त भएका आवेदनहरुको आवश्यक रुजु तथा छानविन गर्दा दोहोरो आवेदन दिने ५ जना आवेदकको १० वटा आवेदन मार्फत प्राप्त भएको ५२० कित्ता, सम्बन्धित आस्वा बैंकबाट रेमिट्यान्स रकम यकिन हुन नसकेको भनी रद्द गर्न लेखिआएकोले १ जना आवेदकको ५० कित्ता र रेमिट्यान्स खाताको सट्टा बचत खाता प्रयोग गरी आवेदन गर्ने ३ जना आवेदकको १५० कित्ता गरी जम्मा ९ जना आवेदकको १४ वटा आवेदन मार्फत प्राप्त हुन आएको रु.२,५९,८४८।०० बराबरको ७२० कित्ता रद्द गरी बाँडफाँटमा समावेश नगरिएको र यसरी रीतपूर्वक प्राप्त भएका ३३,८१० वटा आवेदनहरुबाट प्राप्त जम्मा रकम रु. ७७,१७,८४,६५०।–(अक्षरेपी सतहत्तर करोड सत्र लाख चौरासी हजार छ सय पचास मात्र) बराबरको २१,३८,५०० कित्ता शेयर बाँडफाँटमा समावेश गरिएको छ । बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको र सो बमोजिम न्यूनतम ५० कित्ताको दरले गोला प्रथा विधिद्वारा २,६७,००० कित्ता शेयर ५,३४० जना आवेदकलाई मिति २०८०/१०/१७ गते निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड (केन्द्रीय) कार्यालय, नक्साल, काठमाण्डौंमा बाँडफाँट गरिएको छ ।

छोटो समयावधि भित्रै आवश्यकभन्दा बढी संख्यामा शेयरको माग गरी उल्लेख्य सहभागिता जनाउनुहुने सम्पूर्ण लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी शेयर निष्कासन कार्यलाई सफल बनाउनुहुन सम्पूर्ण शुभेच्छुक, ब्क्द्यब् सदस्य बैंक तथा वित्तिय संस्थाहरु, नियामक निकायहरु, सञ्चारकर्मी मित्रहरु एवं सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धकहरु र निष्काशनकर्ता कम्पनीका तर्फबाट हार्दिक अभार व्यक्त गर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भाव रहिरहने अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । 

उक्त बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइट www.globalimecapital.com.np, सह निष्कासन तथा बिक्री प्रबन्धकहरुको वेभसाइट www.nimbacecapital.com र  www.prabhucapital.com तथा निष्काशनकर्ता कम्पनीको वेभसाइट www.sarbottamcement.com र सिडिएस एण्ड क्लियरिङ्ग लि. को वेभसाइट www.iporesult.cdsc.com.np को वेभसाइटबाट हेर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

  • MBL - below news