काठमाडौँ, माघ १७ गते । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला पाँच वस्तुको निर्यातमा भने वृद्धि भएको छ ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा मुलुकबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूमा आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड रहेका छन् ।
छ महिनामा स्वदेशी वस्तुको कुल निर्यात ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको निर्यात भएका बेला पाँच वटा वस्तुको निर्यात २३ अर्ब ७३ करोड १४ लाख रुपियाँ बराबरको भएको छ ।



