काठमाडौं : श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २ गते विशेष साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । विशेष सभामा कम्पनीको अधिकृत पुँजी, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
त्यसैगरी, कम्पनीको पुँजी संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधारणलाई जारी गर्ने भनी छुट्याइएको सेयरहरुलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आइपीओ जारी गर्ने भनेर छलफल हुनेछ ।



