एलन मस्ककाे ४४ बिलियन पाउण्डको सम्झौता रद्द गर्न अदालतकाे आदेश


  • Himalayan Bank Limited (HBL)
एलन मस्ककाे ४४ बिलियन पाउण्डको सम्झौता रद्द गर्न अदालतकाे आदेश

एलन मस्कलाई अमेरिकाको डेलावेयर अदालतले ठूलो झट्का दिएको छ । अदालतले ४४ बिलियन पाउण्डको सम्झौता रद्द गर्ने आदेश दिएको छ ।

सन् २०१८ मा मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले ५५.८ बिलियन अमेरिकी डलर(४४ बिलियन पाउण्ड)को सम्झौता गरेको थियो। टेस्लाले बढी रकम भुक्तानी गरेको दाबी गर्दै शेयरधनीहरूले कम्पनीको यस सम्झौताविरुद्ध मुद्दा दायर गरेका थिए । डेलावेयर अदालतमा न्यायाधीश क्याथलिन म्याकोर्मिकले गरेकाे फैसलामा टेस्लाकाे बोर्डले तलब प्याकेजलाई दिएको स्वीकृति 'त्रुटिपूर्ण' भएको बताइएकाे छ।

अदालतको फैसलाबाट मस्क आक्रोशित 

यस फैसला पछि मस्कले आफ्नो सामाजिक संजालकाे प्लेटफर्म X मा कम्पनीहरूले डेलावेयरमा कहिल्यै व्यापार गर्न नहुने लेखेका छन्। फैसला गर्दा शेयरधनीलाई प्राथमिकता दिने हो भने व्यवसाय नेभाडा वा टेक्सासमा व्यापार गर्नुपर्ने समेत उनले बताए । यस ट्वीटलाइ झण्डै ५० लाख मानिसले हेरिसकेका छन् । उनीहरूले Xमा एक सर्वेक्षण पनि सञ्चालन गरेका छन् । मस्कले यस पाेलमा के टेस्लाले यसको मुख्यालय टेक्सासमा सार्नु पर्छ ?भन्दै प्रश्न गरे। बुधबार बिहान ६ः२५मा यो प्रश्न सोधिएको थियो र दुई घण्टाभित्र नै ३.८२ लाख मानिसले भाेट गरेका थिए । यसलाई १४ हजारभन्दा बढी एक्स प्रयोगकर्ताले लाइक गरेका छन् भने यो पोस्टलाई ३० लाखभन्दा बढीले हेरिसकेका छन् ।

Read More