पाँच ओटा वडाबाट बीमितलाई प्रथम सेवा


  • Himalayan Bank Limited (HBL)
पाँच ओटा वडाबाट बीमितलाई प्रथम सेवा

काठमाडौं- काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा पाँच वडा कार्यालयमा रहेका आधारभूत स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत प्रदान गर्ने भएको छ ।

त्यसअन्तर्गत अहिले वडा नं ८, १४, १९, २६ र ३० का कार्यालयमा रहेको स्वास्थ्य सेवा प्रवर्द्धन केन्द्रमार्फत सेवा दिने बताइएको छ । कामपाको स्वास्थ्य बीमा कार्यक्रमका स्रोतव्यक्ति कमल भट्टराईका अनुसार सुरुका पाँचवटा वडाबाट सेवा दिने र केही महिनापछि महानगरमा रहेका ३२ वटै वडा कार्यालयमा रहेका स्वास्थ्य सेवा केन्द्रबाट बीमितलाई सेवा प्रवाह गर्ने तयारी रहेको छ ।

Read More