स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला बर्खास्त भएका छन् । उनलाई गत मगंलबारको मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको थियो । मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्रिपरिषदले उनलाई अर्खास्त गरेको बताए ।
उनका अनुसार मन्त्रालयले पछिल्लो समय ३ पटक उनी स्पष्टिकरण माग गरेको थियो । बसौलाले दिएको स्पष्टिकरण चित्त नबुझेपछि उनलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको हो ।


