बैंकर्स संघ र केयुले तथ्यांकमा आधारित अनुसन्धान गर्ने


  • Himalayan Bank Limited (HBL)
बैंकर्स संघ र केयुले तथ्यांकमा आधारित अनुसन्धान गर्ने

नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सी. ले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार दुई पक्षले मुख्यतयः आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत् नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरूको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिइएको छ।

Read More