काठमाडौँ । विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दक्षिण अफ्रिकी देश सोमालिया परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा सबैभन्दा सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दरिएको हो ।
१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।



