चालु आर्थिक बर्षमा चितवनमा २५८ उद्योग दर्ता हुँदा १४० वटा बन्द


  • Himalayan Bank Limited (HBL)
चालु आर्थिक बर्षमा चितवनमा २५८ उद्योग दर्ता हुँदा १४० वटा बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका १ सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक बर्षमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
 
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

Read More