बीमाको आधाभन्दा बढी व्यवसाय बागमतीमा


  • Himalayan Bank Limited (HBL)
बीमाको आधाभन्दा बढी व्यवसाय बागमतीमा

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमाको पहुँच विस्तारमा पहल गरे पनि बीमा कम्पनीहरूको व्यवसाय बागमती प्रदेशकेन्द्रित रहेको पाइएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरूको कुल व्यवसायको आधाभन्दा बढी अंश बागमती प्रदेशमा सीमित भएको देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले गरेको कुल बीमाशुल्क संकलनमा बागमती प्रदेशको योगदान ४५ दशमलव १७ प्रतिशत छ । निर्जीवन कम्पनीको भने ६५ दशमलव ८३ प्रतिशत बीमाशुल्क संकलन बागमतीमा सीमित छ । 

सञ्चालनमा रहेका १७ ओटा जीवन बीमा कम्पनी (३ लघुबीमकसमेत)ले गत पुससम्ममा ७४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यसमध्ये बागमती प्रदेशबाट मात्रै ३३ अर्ब ५४ करोड रुपैयाँ संकलन भएको प्राधिकरणले बताएको छ । जीवन बीमाको विस्तारमा सबैभन्दा कमजोर कर्णाली प्रदेश देखिएको छ । कर्णाली प्रदेशबाट जीवन बीमा कम्पनीले कुल बीमाशुल्कको २ दशमलव ७७ प्रतिशत मात्र संकलन गरेका छन् । यो भनेको २ अर्ब रुपैयाँ हो । 

Read More