गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो पहिलो वार्षिक साधारणसभाको मिति तय गरेको छ ।
कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ६ गते आइतबार मोरङको विराटनगरस्थित होटेल एअरपोर्टमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।





