काठमाडौं : सेयर बजारले सकारात्मक लय समाएको छ । सोमबार नेप्से सूचक १०.२६ विन्दुले बढेर २१०४.७२ अंकमा आएको छ । नेप्से २१ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि उक्लिएको हो । यस दिन ४ अर्ब ५६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूह बढेको छ ।
आइतबारदेखिः लयमा फर्किएको बजारले सोमबार पनि निरन्तरता पाएको हो । सूचकका साथमा कारोबार रकममा पनि वृद्धि हुन थालेको छ । नेप्से सूचकसँगै कारोबारसमेत बढेकाले बजारले थप उचाई लिने अनुमान गर्न सकिन्छ । यसअघि ७ कार्य दिन लगातार घटेपछि आइतबारदेखि बजार बढ्न थालेको हो । ७ कार्य दिनमा नेप्से करिब ९१ अंकले घटेको थियो ।



