सरकारले यी आयोजनालाई दियो ३८ अर्बको स्रोत सहमति, कुन कामका लागि कति बजेट?


  • Himalayan Bank Limited (HBL)
सरकारले यी आयोजनालाई दियो ३८ अर्बको स्रोत सहमति, कुन कामका लागि कति बजेट?

सरकारले १५ आयोजना तथा कार्यक्रमहरूका लागि करिब ३८ अर्ब रूपैयाँ बराबरको स्रोत सहमति दिएको छ। कतिपय आयोजनाका लागि अपुग हुन आउने रकम (थप स्रोत सुनिश्चितता) र अन्य आयोजनाका लागि चालु वर्षमा विनियोजन गरिएको भन्दा तीन गुणा बढीको स्रोत सहमति दिइएको हो।

बहुवर्षीय ठेक्का मापदण्ड २०८० अनुसार यी आयोजनाहरूलाई अधिकतम तीन गुणा बढीसम्मको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले जानकारी गराए।

चालु वर्षको साउनदेखि असोज महिनासम्म कुनै पनि योजनालाई स्रोत सहमति दिइएको थिएन। कात्तिकमा एक अर्ब १३ करोड, मंसिरमा सात अर्ब ३४ करोडको स्रोत सहमति दिइएको थियो।  पुसमा थप २९ अर्ब २६ करोड रूपैयाँको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ।

Read More