काठमाडौं : अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद सेयरको लिलामीको बाँडफाँट आज (सोमबार) हुने बताइएको छ। उक्त कम्पनीको लिलामी सेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुनेछ। उक्त हाइड्रोपावरको लिलामी सेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ तोकिएको छ।
गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी सेयरको सिलबन्दी बोलपत्र खोल्ने कार्य सुरु भएको थियो। सो लिलामीमा करिब ३० हजारभन्दा बढीले आवेदन दिएका थिए। जसमा उनीहरूबाटै ७ अर्ब रुपैयाँ नगद जम्मा भएको कोषको भनाइ छ।



