काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०८०–८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।



