काठमाडौं– सरकारले स्टार्टअप उद्यमलाई अब कानुनी रुपमै संरक्षण दिएर प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । कानुन संशोधन गरी स्टार्टअप प्रवद्र्धन गर्न लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअपलाई सहयोग तथा प्रवद्र्धन गर्ने गरी कानुनी व्यवस्था गर्न औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको मन्त्रालयका सहायक प्रवक्ता शेखरबाबु कार्कीले जानकारी दिए । उनका अनुसार स्टार्टअप प्रवद्र्धन गर्न नीति तर्जुमा भई स्वीकृतिको क्रममा छ । स्टार्टअप व्यवसाय प्रवद्र्धनसम्बन्धी राज्यको प्राथमिकता कार्यान्वयन गर्न यससँग सम्बन्धित नीतिनियम तथा कार्यविधिहरु तत्काल कार्यान्वनयमा लैजान लागिएको मन्त्रालयले जनाएको छ ।



